आज देखि बिरगंजमा तिनदिने चलचित्र महोत्सब हुदै

तामसालिङ खबर
२१ कार्तिक २०७६, बिहीबार ०७:३७

कार्तिक २१, बिरगंज – ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ आजदेखि बिरगंजमा शुरु हुदै छ । नेपाल चलचित्र निर्माता संघले चलचित्र महोत्सवको ५३ औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी छ चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले बताउनु भयो ।

नेपाली भाषी चलचित्रले तराई–मधेशमा वर्चस्व कायम राख्न नसकेको अवस्थामा दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे प्रचारप्रसार समितिका संयोजक दिलीपराज कार्कीले बताउनुभयो ।

उपत्यका बाहिर पहिलो पटक आर्थिक नगरमा हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र भाषाको विकासमा टेवा पुग्नाका साथै भारतीय लोकप्रिय कलाकार गोविन्दा समेत सहभागी हुने भएकाले पनि पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाली चलचित्रका पुराना हस्ती शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह देखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खड्का, पल शाह, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाहल गायत नेपाली चलचित्र सँग जोडिएका अन्य विधाका हस्तीको पनि सहभागिता हुने भएको छ ।

स्थानीय प्रसाशनले महोत्सवमा सहभागी हुन आउने नेपाल तथा भारतका कलाकारको सुरक्षाको व्यवस्था गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*