दार्चुलामा जीप दुर्घटना हुदा १२ जना घाइते

तामसालिङ खबर
२० कार्तिक २०७६, बुधबार १८:४७

कार्तिक २०, दार्चुला – शैल्यशिखर नगरपालिका ६ चौतली चौरमा जीप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

लेकम गाउँपालिका ५ रिठाचौपातास्थित लटिनाथ मन्दिर जैपुरमा राति जात्रा हेरेर फर्किने क्रममा से १ ज ११३१ नम्बरको जीप बुधबार बिहान दुर्घटनामा परेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले जानकारी    दिए ।

जीपमा सवार १२ जनामध्ये दुईजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा मालिकार्जुन गाउँपालिका २ भगवतीका २० वर्षीया कलसी धामी र मालिकार्जुन गाउँपालिका ३ बसेडीका ३० वर्षीया कमला देवी धामी रहेको प्रहरी सहायक निरीक्षक खड्काले बताए ।

अरु घाइतेको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*