दुर्गन्ध फैलाएको आरोपमा तीनजना नियन्त्रण

तामसालिङ खबर
२० कार्तिक २०७६, बुधबार ०९:५२

कार्तिक २०, ललितपुर – दुर्गन्ध फैलाएको आरोपमा ललितपुर प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुले जलाइरहेकै अवस्थामा ललितपुर-१४ कान्तिपुर कोलोनी नजिकै नख्खु खोला किनारबाट सोमबार राति ११:३० मा पक्राउ गरेको हो।

विगत ५-६ महिना अगाडि देखि जनवारको हड्डी, छाला र रौं जलाएर दुर्गन्ध फैलाएको आरोपमा प्रहरीले ललितपुर सुनाकोठी बस्ने ४८ वर्षीय राजेश शेर्पा, भारत घर भइ सोही ठाउँ बस्ने २८ वर्षीय साजित मुस्लिम र १८ वर्षीय फेसल मुस्लिमलाई पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-१४ बुद्धमार्ग युवा क्लब नख्खीपोटले दुर्गन्ध फैलाएको भन्दै प्रहरीमा उजुरी दिएपछि स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी प्रदुषण गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले हड्डी, छाला र रौं डढाइरहेको अवस्थामा उनीहरुलाई फेला पारेर तकाल दमकलको सहायतामा अगो नियन्त्रणमा लिएको मिश्रको भनाइ छ। प्रहरीसँगको बयानमा पक्राउ परेका तीनैजनाले हाड, छाला र रौं मल बनाउनका लागि जलाएको स्वीकार गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*