अमेरिकामा विमला तामाङले जितिन् स्वर्ण पदक

तामसालिङ खबर
१९ कार्तिक २०७६, मंगलवार ११:३१

कार्तिक १९, काठमाडौं – दक्षिण एशियाली खेलकुद(साग) मा कास्य विजेता विमला तामाङले अमेरिकामा भएका कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।

न्युयोर्कमा भएको १५ औ ओकिनवान कराते कोबुदो च्याम्पियनसिपमा विमलाले स्वर्ण जितेकी हुन् । चेरीभ्याली एभ्युन्युमा भएको च्याम्पियनिसिपमा विमलाले आइएमए निहान कराते डो न्युयोर्कको तर्फबाट सहभागिता जनाएकी थिइन् ।

विमलाले आफ्नो नियमित इभेन्ट कातामा स्वर्ण जितिन । यस्तै उनले कुमितेमा रजत पदक जितिन । उनी ग्राण्ड च्याम्पियनमा पनि छनौट हुदै सफल भइन । ग्राण्ड च्याम्पियन हरेक इभेन्टमा स्वर्ण जित्नेहरु बीचमा पुन प्रतिस्पर्धा हुने इभेन्ट हो । यसमा पनि विमलाले स्वर्ण जित्दै ६ फिट अग्लो ट्रफि पाएको आइएमए निहान कराते डो न्युयोर्कले जनाएको छ ।

आइएमए निहानबाट च्याम्पियनसिपमा आठ खेलाडीले सहभागिता जनाएका थिए । उनीहरुले पाँच स्वर्ण, तीन रजत र तीन कास्य पदक जिते । समिर थोकरको प्रशिक्षणमा उत्रिएको आइएमए निहान टिमकी ब्रिट्नी एस्टिम्बेले गर्ल्स ८/९ बर्ष उमेर समुहमा काता तथा कुमुते दुबै तर्फ स्वर्ण जितिन् । यस्तै टिफानी इलजोर्डनले गर्ल्स १२/१३ बर्ष उमेर समुहमा कातामा स्वर्ण तथा कुमुतेमा रजत पदक जितिन् ।

बरिन इलजोर्डनले व्वाइज ६/७ उमेर समुहमा काता तर्फ स्वर्ण पदक जिते । गर्ल्स तर्फको सोही उमेर समुहमा इभेन्डेर सेन्टीइनोले कातामा रजत पदक जिते । यस्तै कोहिनुर श्रेष्ठले गर्ल्स १०/११ उमेर समुहमा कातामा रजत र कुमुतेमा काश्य पदक जितिन् ।

व्वाइज १२/१३ बर्ष उमेर समुहमा इसहान क्षेत्रीले काता र कुमुते दुबै तर्फ काश्य पदक पाए । च्याम्पियनसिपमा तीन सय भन्दा बढी खेलाडीले भाग लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*