नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ आज हुदै

तामसालिङ खबर
१९ कार्तिक २०७६, मंगलवार ०६:५५

कार्तिक १९, काठमाडौं – नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण आज हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

संघीय कानुन वमोजिम प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*