प्रदेश तिनको यातायात कार्यालयको ट्रायल सेन्टर नहुँदा लाईसेन्स दिन ढिलाइ

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार १०:३७

कार्तिक १८, हेटौडा – तिन नम्बर प्रदेशको मुकाम हेटौडामा यातायात व्यवस्था सेवा कार्यालयको उदघाटन भएदेखि कागजी सवारी चालक अनुमतिपत्र(लाइसेन्स) बितरण कार्य शुरु गर्ने भने पनि हाल सम्म गर्न सकेको छैन । नेपाल सरकारले २०७५ मंसिरबाट कार्यालयमा थप सेवा सञ्चालन गर्ने निर्णय गरेर पुसमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कार्यालय उदघाटन गरेको थिए ।

कार्यालय उदघाटनकै समयमा पनि भनिएको थियो अब यस कार्यालयबाट नै लाईसेन्स बितरण गरिनेछ । तर उक्त सेवा भने हालसम्म विभिन्न कारणले सुचारु हुन सकेको छैन । बिना लाईसेन्स अटोहरु कुदेको र कारबाहीमा परेको समाचार सुनिरहेका हुन्छौ । तर अटो चालकलाई भने लाईसेन्स प्रदान गर्ने कार्यालय सुस्ताएको खबर भने बाहिर आउन सकेको छैन । हेटौँडाका बासिन्दा लाईसेन्स प्राप्त गर्नकै लागि बर्षौदेखि कहिले बिरगंज कहिले काठमाण्डौ धाउन बाध्य छन् ।

कार्यालयमा हाल १३ जना कर्मचारी छन् । जसमा स्थायी सात जना र करारमा ६ जना छन् । कार्यालयमा थप सेवा सुचारु गर्न प्रदेश अन्तर्गत गाभिएपछि ६ कर्मचारी थपिएको हो । ६ कर्मचारीलाई मासिक तलब ९२ हजार ७० रुपैँया खर्च भईरहेको छ । तर तलब खर्च भए अनुसार काम भने हुन नसकेको गुनासो छ । कार्यालयबाट सवारी दर्ता, नामसारी, सवारी नविकरण र लाइसेन्स बितरण जस्ता सेवा उपलब्ध हुने भनिएको छ र यी सबै कार्य मध्ये लाइसेन्स बितरण कार्य भने सञ्चालनमा ल्याउन नसकिएको कार्यालय प्रमुख पोषण थापाले स्वीकारेका छन् ।

थापालेले भने अन्य कार्य गर्न जति सजिलो नभएको कारण लाइसेन्स बितरणमा ढिलाइ भएको हो । अब छिट्टै हेटौँडाबाटै सवारी चालक अनुमतिपत्र बितरण गर्ने भनेका छौ । त्यसको लागि हेटौँडा ११ ,नवलपुर बाघथलीमा ट्रायल सेन्टर निर्माण भईरहेको छ ।

सरकारको आफ्नो ट्रायल सेन्टर नभएकोले सबै तयारी पुरा नहुँदा लाइसेन्स बितरण गर्न नसकिएको कार्यालय प्रमुख थापाले बताए । निजि क्षेत्रसँग सहकार्य गरेर लाइसेन्सको ट्रायल सेन्टर निर्माण गर्नु पर्ने हुँदा यसकै कार्यले बितरण गर्न ढिलाइ भएको उनको भनाई छ । समाचार आजको हेटौँडा सन्देश दैनिकमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*