कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार ०८:५८

कार्तिक १८, काठमाडौँ – सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो ।

यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो । चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो ।

चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*