तामाङ समाज अमेरिका, न्युयोर्क सिटी कम्पट्रोलरबाट सम्मानित

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार ०७:३६

कार्तिक, न्युयोर्क – न्युयोर्क सिटी कम्पट्रोलरले तामाङ समाज अमेरिकालाई सम्मान गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत न्युयोर्क शहरको विविधताको सम्मान गर्दै दिपावली पर्वको अवसरमा तामाङ समाज अमेरिकालाई कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेका हुन् ।

न्युयोर्क सिटी कम्पट्रोलरबाट सम्मान पाउनेहरुमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो । न्युयोर्क सिटी कम्पट्रोलरले प्रदान गर्ने सम्मान सन् २०१७ मा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना) र सन् २०१८ मा अधिकार संस्थाले पाएका थिए ।

दक्षिण एसियाली मुलका समुदायको बृहत उपस्थितिमा तामाङ समाज अमेरिकाकी महासचिव विनिता तामाङले संस्थाको तर्फबाट सो सम्मान ग्रहण गरेकी थिइन् । तामाङ समाज अमेरिकाले नेपाली समुदाय माझ निर्वाह गरेको सामुदायिक जिम्मेवारीको न्युयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिन्जरले प्रशंसा गरे । दुरबिन डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*