साढे छ बर्षपछि, हेटौंडाकी बिन्दावासिनीलाई एसिड प्रहार गर्ने केशरी पक्राउ

तामसालिङ खबर
१५ कार्तिक २०७६, शुक्रबार १४:४३

कार्तिक १५ हेटौडा – हेटौडाकी बिन्दबासीनी कंसाकारलाई एसिड प्रहार गरी फरार भएका दिलिपराज केशरी करिव सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

आफूले राखेको प्रेम प्रस्ताव अस्विकार गरेपछि २०७० साल वैशाख ९ गते हेटौंडाकी २० वर्षीया बिन्दावासिनीको अनुहारमा एसिड प्रहार गरेर फरार भएको अभियुक्तलाई शुक्रबार हेटौंडामा सार्वजनिक गरेको हो ।

हेटौंडा बजारको मुख्य चोकमा रहेको आफ्नै भाडा पसलमा बसिरहेको अवस्थामा कंसाकारलाई भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले अनुहारमा एसिड प्रहार गरी फरार भएका थिए ।

‘प्रहरी प्रधान कार्यालयबाट निरन्तर खोजी पश्चात् उनलाई पक्राउ गर्न प्रहरीको टोली सफल भएको हो,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने ।

उनको अनुसार जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत कार्यरत प्रहरी निरीक्षक सागर शम्शेर जबरा सहितको प्रहरी विशेष टोलीको सूचना र सहयोगको आधारमा मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*