तामाङ समाज कतारद्वारा आगलागी पिडितलाई सहयोग

तामसालिङ खबर
१७ कार्तिक २०७६, आईतवार ०९:२२

कार्तिक १७, हेटौडा – दोहा-कतार स्थित क्लिनिङ कम्पनीमा कार्यरत सुस्मा मोक्तान तामाङ बस्ने क्याम्पमा १५ अक्टोबर २०१९ का दिन सबैजना काममा भएको बेलामा आगलागी भै नगद तथा जिन्सी समानहरु जलेर नष्ट भएको छ ।

पिडित तामाङलाई सहयोगार्थ तामाङ समाज कतारको पहलमा जिन्सी समान सहित कतारी रियल १ हजार नौ सय चौरानब्बे सहयोग हस्तान्तरण गरेको छ ।

पिडितको सम्पुर्ण समानहरु जलेर नष्ट भएकोले समाजको पहलमा विभिन्न ब्याक्तित्वहरुबाट आर्थिक तथा जिन्सी समानहरु संकलन गरि पीडितलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा समाजका सह-कोषाध्यक्ष, महिला विभाग प्रमुख केन्द्रिय सदस्यहरु , सचिब र विभिन्न ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*