सिन्धुपाल्चोकको सब-स्टेशनमा लागेकाे आगो नियन्त्रण

तामसालिङ खबर
११ कार्तिक २०७६, सोमबार ०६:५१

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको लामो साँघुस्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेशनमा आगलागी हुदाँ तीन करोड भन्दा बढीको क्षति भएको छ । सबस्टेशनमामा आइतबार १२ बजेर २५ मिनेट जाँदा आगलागी भएको थियो । झण्डै दुइ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ३० एमभीए क्षमताको टान्सफरमर पूर्ण रुपमा क्षति भएको छ । सो टान्सफरमर तीन करोड भन्दा बढी मूल्यको रहेको छ । आगलागीबाट केबुल, क्वाइन, रेडियटर जलेर नष्ट भएको सो सबस्टेशनका इन्जार्ज फुर्वासाङगे लामाले बताउनुभयो ।

लामोसाँघुबाट दोलखा लगिएको ३३ केभीलाइनको ट्रान्सफरमा खराबी आएका कारण ट्रान्सफरमा एक्कासि पड्केको इन्जार्ज लामाले बताउनु भयो । आगो नियन्त्रणमा ल्याउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, प्राधिकरणका कर्मचारी लागेका थिए ।

आगो नियन्त्रणका लागि फायर ग्याँस, दमकल नहुदाँ आगो नियन्त्रणमा लिन अति कठिन भएको थियो । माटो, केराको पात, पानी , रुखका स्याउला प्रयोग गरि आगो निभाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*