प्रधानमन्त्रीले उदघाटन गरेको विद्युतीय बस बेवारिसे

तामसालिङ खबर
१० कार्तिक २०७६, आईतवार ०६:२३

कार्तिक १०, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उदघाटन गरेको विद्युतीय बस बेवारिसे बनेको छ । निक्कै तामझामका साथ बिजुली बसको गत वर्ष उदघाटन गरिए पनि अहिले भने ग्यारेजमा थन्किएरका छन् ।

गत ६ कात्तिक २०७५ मा साझा बसको प्रांगणमा तामझामका साथ प्रधानमन्त्री ओलीले बिजुली बसको उदघाटन गरेका थिए । ती बस लामो समय त्यतिकै थन्किएर बसेका हुन् ।

लुम्बिनी विकास कोषका लागि भनेर एसियाली विकास बैंकको सहयोगमा आएका ती बस भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म साझा यातायातले काठमाडौंमा चलाउने भन्दै काठमाडौं ल्याइएको थियो ।

लुम्बिनी विकास कोषले पर्यटकको आवतजावतमा सहजताका लागि उक्त बस ल्याएको थियो । कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*