तिहार मनाउन उपराष्ट्रपति पुन पुर्ख्याैली घरमा

तामसालिङ खबर
१० कार्तिक २०७६, आईतवार ०६:१६

कार्तिक १०, रोल्पा – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुर्ख्याैली घरमा पुगेका छन् । तिहार मनाउनका लागि उनी रोल्पाको परिवर्तन गाउँपालिका–२ स्थित पुर्ख्याैली घरमा पुगेको हो ।

पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर पुगेका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले बताए ।

उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।

स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आएका उपराष्ट्रपतिलाई स्थानीयले झाँकी तथा बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*