नेकपाबाट कास्की २ मा रवीन्द्रकी श्रीमती विद्या उम्मेदवार

तामसालिङ खबर
९ कार्तिक २०७६, शनिबार ०८:२१

कार्तिक ९, पोखरा – यही मंसिर १४ गते कास्की २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपामा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त ठाउँमा उनकै श्रीमती विद्यालाई उम्मेदवार बनाउन जिल्ला कमिटीले पार्टी केन्द्रलाई सिफारिस गरेको हो ।

नेकपा कास्कीको बैठकले भट्टराईको मात्रै नाम सिफारिस गरेको हो । पार्टी जिल्ला कमिटीले विद्याको नाम सर्वसम्मत अनुमोदन गरेको जिल्ला इन्चार्ज राजकाजी गुरुङले बताए । मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

नेकपाबाट पहिला वामदेव गौतमको नाम चर्चामा रहे पनि उनले आफू उम्मेदवार नहुने घोषणा गरेका थिए । त्यसपछि अरु थुप्रै आकांक्षी देखिएका थिए । तर जिल्लाले नै रवीन्द्रकी श्रीमती विद्यालाई नै उम्मेदवार बनाउने निधो गरी केन्द्रलाई सिफारिस गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*