सामाजिक सुरक्षा कोषमा आबद्ध हुन एक महिनाको समय थप

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार ११:३३

काठमाण्डौ – सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि एक महिना थप गरेको छ । सामाजिक सुरक्षा कोषले सूचीकृत हुनका लागि एक महिनाको समय थप गर्ने बिहिबार जानकारी गराएको हो ।

ठूलो संख्यामा सूचीकरण हुन बाँकी रहेकाले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनका लागि एक महिना थप गर्ने निर्णय गरिएको कोषका प्रमुख कपिल ज्ञवालीले जानकारी दिनुभयो । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई कोषमा आबद्ध हुने मौका दिएको थियो ।

अहिलेसम्म कोषमा ८ हजार ८ सय १८ जना रोजगारदाताहरु सूचीकृत भएका छन भने यस कोषमा योगदान गर्नेहरुको संख्या १ लाख ९ सय ६८ पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले गएको साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*