कांग्रेस हेटौंडा १० को चियापान कार्यक्रम

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार ११:१९

कार्तिक ८, हेटौंडा – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका- १० नम्बर वडाले तिहार तथा छठ पर्वको अवसरमा बिहीबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कांग्रेस १० नम्बर वडा सभापति कालू घलानको सभाध्यक्षता एवं मकवानपुर सभापति तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला तहका नेता तथा कार्यकर्ताको तथा विभिन्न पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*