मकवानपुरमा तीन वर्ष भित्र काठको विद्युतिय पोल विस्तापित हुने – संसद खतिवडा

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार ०६:३१

कार्तिक ८, हेटौडा (बकैया) – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा संसद विरोध खतिवडाले अबको तीनवर्ष भित्र मकवानपुरमा काठको विद्युतिय पोलहरु विस्तापित गरिसक्ने बताएउनु भएको छ ।

बिहिबार पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा नेकपाको गाउँपालिका कार्यलय उदघाटन तथा वडाअध्यक्षहरुको सपथग्रहण कार्यक्रममा बोेल्दै नेता खतिवडाले कम्युनिष्ट सरकारले देशमा क्रमश सुधारका कामहरु गरिरहेको र त्यसको परिणाम समेत देख्न सुरु भएको बताए ।

नेपालमा विकासको युग प्रारम्भ भएको भन्दै उनले अबको केहि वर्षमा नेपालले विकासको सन्र्दभमा फड्को मार्ने समेत बताए ।

नेकपा बकैया गाउँपालिका अध्यक्ष नारायण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल सहित नेकपा मकवानपुरका जिल्ला कार्यालय सदस्य, सचिवालय सदस्य, जिल्ला सदस्यहरु तथा क्षेत्रीय तहका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*