अनुसन्धानमा खटिएका सबै अधिकृतको छानबिन हुने
कार्तिक ८, रौतहट – नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभाका सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धानमा खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले प्रहरीलाई असार ६ गते तत्कालिन अनुसन्धान अधिकृतहरुलाई समेत छानबिनको दायरामा ल्याएर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको थियो ।
अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध अवहेलना निवेदनको सुनुवाई गर्दै उक्त इजलासले ‘कुन–कुन अवधिमा को–को अनुसन्धान अधिकृत नियुक्त भई अनुसन्धान के–कसरी अघि बढाएको हो, त्यसको जानकारी लिनू र समन्वय गरी अगाडि बढ्नु’ भन्ने आदेश दिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।