चार नगर प्रमुखले व्यक्तिगत पारिश्रमिक सामाजिक कार्यमा खर्चिदै

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार ०८:२७

कार्तिक ८, हेटौडा – स्थानीय तहका जनप्रतिनिधि सुविधा भोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ ।

आफूले पाउने सुविधाको रकम र पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका प्रदेश नम्बर १ मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ ।

उनीहरु हुन्, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो ।

स्थानीय तहका जनप्रतिनिधिले उपभोग गर्न पाउने सुविधाका सम्बन्धमा प्रदेश सरकारले कानुन बनाएर लागू गरेको छ तर यी चार नगरप्रमुखले भने सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आएका छन् । यो समाचार आजको गोरखापत्रमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*