तमू ई-लाइब्रेरी बनाउन तमुधिँ जापानको सहयोग

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार ०८:४४

कार्तिक ५, काठमाडौं – तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदले काठमाडौंको गोंगबू स्थित आफ्नै भवनमा बनाउन लागेको तमू इ-लाइब्रेरीका लागि तमुधिँ जापानले सहयोग गरेको छ ।

तमुधिँ जापानका अध्यक्ष अनिता गुरुङले परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङलाई इ-लाइब्रेरी बनाउनका लागि साढे दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

तमुधिँ जापानले भेडी गोठाले नामक फिल्म प्रदर्शन गरी प्राप्त भएको दुई लाख र सो फिल्मका निर्माता दुर्गा मिलन गुरुङले व्यक्तिगत ५० हजार रुपैयाँसमेत गरी अढाई लाख रुपैयाँ इ-लाइब्रेरी बनाउन सहयोग गरेको हो ।

इ-लाइब्रेरीका लागि आफहरुले फिल्म प्रदर्शन गरेर रकम संकलन गरेको भन्दै तमुधिँ जापानका अध्यक्ष अनिताले अन्य देशका संस्थाहरुलाई पनि सहयोग गर्न अपिल गरे ।

सोही कार्यक्रममा उपस्थित एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङले पनि इ-लाइब्रेरी बनाउन एक लाख एक हजार १ सय रुपैयाँ प्रदान गर्ने घोषणाा गरे ।

परिषदका अध्यक्ष रेशमले इ-लाइब्रेरी कस्तो बनाउने र कति लाग्ने भन्ने टुंगो लगाउने योजनामा रहेको भन्दै सहयोगी सबैमा धन्यवाद ज्ञापन गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*