गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा

तामसालिङ खबर
३० आश्विन २०७६, बिहीबार १२:३७

असोज ३०, भैरहवा – सन् २०२० देखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ ।

प्राशसनिक भवन पनि अन्तिम चरणमा पुगेको छ । मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ । टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडान लगायत काम सुरु भइसकेको छ ।

आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*