देछेन छ्योइलिङ गुम्बा सहित मकवानपुरको ७ वटा स्थानमा मौन ब्रत सम्पन्न

तामसालिङ खबर
२७ आश्विन २०७६, सोमबार ०८:१७

असोज २७, हेटौडा – बौद्धधर्मलम्बीहरुले दशैँमा हुने पशुपन्छीलाई बलि दिएको प्रति दुखद जनाउँदै ङयुङने मौन ब्रत बस्ने गर्दछ । सप्तमी देखि पुर्णिमा सम्म दुइ चरण गरि निराहार मौन ब्रत बस्ने गरिन्छ । यसै अबसरमा मकवानपुरको विभिन्न गुम्बामा सोमबारबाट सम्पन्न भएको छ ।

दोस्रो चरणको मौन ब्रत मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा ४, मा अबस्थित देछेन छ्योइलिङ गुम्बा कमलडाँडा सोमबार समापन भएको छ । गुम्बाको प्रमुख लामा टुल्कु छुल्ठिम लामाको नेतृत्वमा भएको ङयुङने मौन ब्रतमा ८० जना ब्रतालु उपासक/उपासिका सहभागी थिए ।

महाकरुणीमयी आर्य अवलोकेश्वर (फापा चेङरेसी) को प्रार्थना गर्दै गत २४ गते बाट शुरुभएको ब्रतमा २५ गते सोक्छ्योङ २६ गते पानी केही नखाई एक दिन निराहार ब्रत बस्ने गरेको छ भने २७ गते सोमबार बिहान पुजापाठ, वाङ अभिषेक प्रदान गर्दै सम्पन्न भएको हो ।

मौन ब्रतको उपवास बस्नुको मुख्य उद्धेश्य शरीरलाई स्वस्थ र स्फूर्त बनाउनु, ध्यान एकाग्र बनाउनु र मनबाट अशुद्धीहरु हटाई शान्ति प्राप्त गर्नु हो । ङयुङनेको समयमा एकता, समानता, प्रेम,त्याग र करुणको अभ्यास हुन्छ भन्ने विश्वास मानिन्छ ।

बौद्धधर्मअनुसार यसरी एकपटक निराहार मौन ब्रत बस्दा ४० कल्प सम्मका क्लेश (पापकर्म) कट्टी भइ मानव जीवनमा जन्म हुन्छ भन्ने विश्वास छ । यस बाहेक दशैँ’को बेलामा लामा लगायत बौद्ध समुदायले ङयुङने बसेको मुख्य कारण चाहि ‘दशैँ’ पर्वका नाममा लाखौं पशुपन्छीहरुको वली दिईन्छ, ती प्राणीहरुको चित्तले चीर शान्ति प्राप्त गरोस् भनेर फापा चेङरेसीको बन्दना गर्नु हो ।

यस्तै, हेटौडा –१० बसपार्कमा अबस्थित सङतोकलारी बौद्ध गुम्बामा पनि ३ दिनको ङयुङने मौन ब्रत भएको छ । गुम्बामा करिब ११० जना लामा,आनी,ज्योमो, उपासक/उपासिकाहरु उपस्थिति रहेको थियो।

बकैया गाउपालिका वडा नम्बर ७ मा रहेको कुन्गा येशे छ्योइखोर्लिङ गुम्बामा समेत ३ दिनको ङयुङने मौन ब्रत भएको छ । धर्मगुरु खेन्पो कुन्छ्योग नोर्बु तामाङको नेतृत्वमा ९० जना लामा,आनी,ज्योमो, उपासक/उपासिकाहरु सहभागी भएका छन् । मकवानपुर को मनहरी, सिम्पानी, इन्द्रसरोबरको कुलेखानी, बकैया, लगायतको स्थानमा मौन ब्रत सम्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*