किसान परिचयपत्र पाउनेलाई मल र बीउ वितरण गर्ने तयारी

तामसालिङ खबर
२५ आश्विन २०७६, शनिबार १०:१५

सरकारले अब किसानलाई परिचयत्र र त्यसैका आधारमा अनुदान, बिउबिजन र सुविधा वितरण गर्ने तयारी थालेको छ ।

अनुदानको मल तथा बीउबिजनमा बिचौलिया हाबी भएपछि परिचयपत्र बनाउने र त्यसमार्फत व्यवस्थीत गर्ने तयारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो ।

मन्त्रालयका प्रवक्ताका अनुसार यो कार्यक्रमका लागि ७ प्रदेशको ७ जिल्लाका लागि २१ करोड बजेट प्रस्ताव गरिएको छ । त्यस पश्चात क्रमश बढाउँदै जाने र अन्य जिल्लामा वितरण गरिने सुवेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*