चिनियाँ राष्ट्रपति सीको भ्रमणमा व्यावसायिक उडान रोकिने

तामसालिङ खबर
२५ आश्विन २०७६, शनिबार ०९:०९

असोज २५, काठमाण्डौ – त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजे सम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ ।

विमानस्थल उड्डयानकर्मीका लागि जारी गरिने सूचनायुक्त नोटमा सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिएको छ ।

२ घण्टा २० मिनेटको अवधिभित्र चिनिया राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्ने स्रोतले जनाएको छ । त्यसपछि मात्रै व्यावसायिक उडान हुनेछ ।

उनको सवारीमा एयर चाइनाका दुईबटा बोइङ ७४७ विमान काठमाडौँ आउँदै छन् । विमान टर्मिनल भवनकै एप्रोनमा पार्किङ गरिने भएकाले तिनले ६ वटा जहाज पार्किङ गर्न सकिने स्थान ओगट्ने छन् ।

नौवटा जहाज पार्किङ क्षमताको विमानस्थलले त्यसपछि तीनवटा विमानलाई मात्रै व्यवस्थापन गर्न सक्नेछ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*