विश्वकप छनोट खेलमा बलियो टिम अस्ट्रेलियासँग नेपाल ५–० ले पराजित

तामसालिङ खबर
२४ आश्विन २०७६, शुक्रबार ०८:३३

असोज २३, क्यानबेरा – विश्वकप छनोट अन्तरगत दोस्रो चरणको खेलमा नेपाल बलियो टिम अस्ट्रेलिया सँग ५–० गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गर्दै अस्ट्रेलियालाई बढी गोल गर्नबाट रोक्न सक्यो । अस्ट्रेलियाका लागि जेमी माक्लारेनले ह्याट्रिक गरे । उनले खेलको छैठौँ, १९ औँ र ९० औँ मिनेटमा गोल गरेका हुन् ।

ह्यारी साउटरले २४ औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रता तेब्बर पारेका थिए । त्यस्तै खेलको ५८ औँ मिनेटमा आत्मघाती गोल भयो । साउटरले गरेको हेड प्रहार दिनेश राजवंशीको कम्मरमा लागेर गोल भएको थियो ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि खेलिएका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ ।

कुवेतसँग उसैको घरेलु मैदान खेलिएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो । त्यसपछि चाइनिज ताइपेईसँग उसैको घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली २–० गोलले विजयी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*