दोलखाको अकबरे खुर्सानी कतार निर्यात

तामसालिङ खबर
२४ आश्विन २०७६, शुक्रबार ०८:०७

असोज २४, दोलखा – दोलखामा उत्पादन भएको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात हुन थालेको छ । भीमेश्वर नगरपालिका–६ मा रहेको भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको अकबरे खुर्सानी खाडी मुलुक कतार निर्यात सुरु भएको हो ।

भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको ५८ केजी ताजा अकबरे खुर्सानी अलसमन इन्टरनेसलन प्रालि मार्फत पहिलो पटक खाडी मुलुक कतार निर्यात गरिएको कम्पनीका अध्यक्ष भोला खतिवडाले बताए।

खाडी मुलुकमा ताजा अकबरे खुर्सानीको ठूलो माग छ । कतारमा ताजा अर्गानिक तरकारी निर्यात गरिरहेको अलसमन कम्पनी मार्फत दोलखाबाट पहिलो चरणमा अकबरे निर्यात सुरु गरिएको उनले जानकारी दिए । बिक्री हेरेर थप माग गर्ने कतारको खरिदकर्ताले जनाएको छ । अकबरेको स्वाद मन पराउने करिब एक लाख नेपाली कतारमा रोजगारीमा छन् ।

किवी, एभोकाडो जस्ता फलका बिरुवाले उत्पादन दिन लामो समय लाग्ने भएकाले बिरुवा हुर्कनु अघि खाली रहेको जमिनमा रासायनिक मलको प्रयोग नगरी अकबरे खुर्सानीउत्पादन गरिएको छ । स्थानीय बजारमा प्रतिकेजी तीन सय रुपैयाँभन्दा बढीमा बिक्री हुने अकबरे बिक्री हुन्छ । आगामी दिनमा सर्वसाधारणले उत्पादन गरेको अकबरे खुर्सानीपनि खरिद गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष खतिवडाले बताए।

दोलखाका उच्च भूभागबाहेक अन्यत्र प्रायः सबैतिर घरायसी प्रयोजनका लागि खेती गरिने अकबरे खुर्सानीको खेती उच्च पहाडदेखि गर्मी हावापानीमा समेत गर्न सकिन्छ । साविकको कृषि विकास कार्यालयले केही तत्कालीन सार्वजनिक गरेको तथ्यांकअनुसार दोलखा जिल्लामा करिब १० देखि १५ टनसम्म अकबरे खुर्सानीउत्पादन हुने गरेको थियो। अन्नपुर्ण पोस्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*