निवर्तमान सभामुख महरा अस्पतालमा भर्ना

तामसालिङ खबर
२४ आश्विन २०७६, शुक्रबार ०७:५४

असोज २४, काठमाडौं – थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । ‘रेगुलर चेकअप’का लागि महरालाई नर्भिक अस्पताल पुर्‍याइएकाे महानगरीय प्रहरी परिषरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बोगटीका अनुसार प्रेसरको समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको हो । संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*