नेपाल टेलिकमको फोरजीमा एकैदिन ३७ हजार ग्राहक बढे

तामसालिङ खबर
१७ आश्विन २०७६, शुक्रबार १०:०७

असोज १७, काठमाडौँ – नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।

सङ्ख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । तीन वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म आठ लाख मात्र फोरजी ग्राहक थिए । बुधबार यो सेवा विस्तार भएसँगै फोरजीमा आबद्ध हुने ग्राहकको सङ्ख्या तीव्र रूपमा बढेको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो ।

टेलिकमको फोरजी/एलटीई नेटवर्क विस्तार परियोजना अन्तर्गत करिब ६५ लाख फोरजी ग्राहक थप हुने अनुमान छ । हाल विस्तार भइरहेको नेटवर्कको अधिकतम क्षमता नै त्यति भएकोले ग्राहक वृद्धिमा यसले सहयोग पु¥याउने अधिकारीको विश्वास छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*