दसैंको लागि ल्याएको १५ भेडा-च्याङ्ग्रा चितुवाले मार्‍यो

तामसालिङ खबर
१६ आश्विन २०७६, बिहीबार १६:४२

असोज १६, पोखरा – दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा-च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी मारेको छ । रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका- ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनु भयो ।

दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमाल पारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए । काँडे बजार नजिकै रातको समयमा बास बसेका च्याङ्ग्रालाई चितुवाले आक्रमण गरेको बताइएको छ । भेडा-च्याङ्ग्रा मुगुका व्यवसायी छिरिङ लामाले बिक्रीका लागि ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*