हेटौँडामा नेपाल टेलिकमको फोरजी सेवा शुचारु

तामसालिङ खबर
१६ आश्विन २०७६, बिहीबार १६:१५

असोज १६, हेटौडा – तिन नम्बर प्रदेशको राजधानी हेटौँडामा फोरजीको सेवाको शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच बुधबार भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उदघाटन भएको हो ।

फोरजीको उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना प्रविधिको प्रयोगबाट जनतालाई आर्थिक समृद्धितर्फ उत्प्रेरित गर्न सरकार प्रतिबद्धका साथ कार्यक्रम लिई लागि परेको बताए ।

उनले संचारक्षेत्रमा नयाँ-नयाँ प्रविधिको प्रतिस्प्रर्धाबाट युवा पुस्तालाई सूचना प्रविधिमा उन्मुख गराउँदै समृद्धिको बाटो पहिल्याउँनेतर्फ सरकारको उच्च लक्ष्य रहेको उल्लेख गरे ।

नेपाल टेलिकमद्वारा फोरजी सेवा सात वटै प्रदेशको ३२ जिल्लाको ५० वटा सहरमा बुधबार देखि सेवा सुरुवात गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*