भ्रमण वर्ष सफल पार्न मकवानपुरमा जिल्ला स्तरीय समिति गठन

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार ०९:४९

असोज १५, हेटौडा – भ्रमण वर्ष २०२० लाई प्रभावकारी ढंगले सफल पार्न मकवानपुरमा जिल्ला स्तरीय सहजिकरण तथा समन्व्य समिति गठन भएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला स्तरीय भ्रमण वर्ष सहजिकरण तथा समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले १ सय १ सदस्य समिति गठन गरेको हो ।

बैठकले भ्रमण वर्षलाई सफल बनाउनका लागि सबैले सक्रियताका साथ काम गर्ने निर्णय समेत गरेको छ । साथै भ्रमण वर्षलाई सफल पार्न कार्तिक १० गते सम्म स्थानीय तहहरुमा गठित भ्रमण वर्ष सहजिकरण तथा समन्वय समितिको बैठक बस्ने, स्थानीय तहहरुमा भएका पर्यटन स्थल तथा पर्यटन गन्तव्यको खोजी गरेर सुचिकरण गर्ने निर्णय गरेको छ । साथै स्थानीय तहहरुले सुचिकरण गरेका पर्यटकिय स्थलहरुको सुचि कार्तिक दोस्रो साता बस्ने जिल्ला स्तरीय समितिमा पेश गर्ने निर्णय गरेको जिल्ला स्तरीय भ्रमण वर्ष सहजिकरण तथा समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो ।

बैठकमा बोल्दै प्रमुख खुलालले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैले सक्दो प्रयास गर्न आग्रह गर्नुभएको छ । बैठकमा उहाँले भ्रमण वर्ष २०२० का सन्दर्भमा प्रदेश सरकारद्धारा गठित समिति तथा प्रदेश सरकारका निर्णयहरुका बारेमा जानकारी समेत गराउनुभएको थियो । उहाँले संयुक्त रुपमा सबैको पहल र प्रयासबाट मात्र भ्रमण वर्ष २०२० लाई सफल बनाउन सकिने भन्दै यसमा थप ध्यान दिन स्थानीय तहहरुलाई निर्देशन समेत दिनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला स्तरीय भ्रमण वर्ष सहजिकरण तथा समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका स्थानीय तहहरुका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, मकवानपुरका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, निजि क्षेत्रका प्रतिनिधि तथा अन्य पर्यटनसंग सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*