दशैंका लागि उपत्यकाबाट १० लाख मानिस बाहिरिए

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार ०८:२१

असोज १५, काठमाडाैं – नजिकिदो नेपालीहरुको महान चाड दशैको लागि टिकट बुकिङ खुला भएयता १० लाख यात्रु उपत्यकाबाट बाहिरीएका छन् । दशैंमा घर जाने यात्रु दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबार सम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन् ।

६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारीसाधन यात्रु बोकेर बाहिरिएको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*