हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिइने

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार ०८:०५

असोज १५, हेलम्बु – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ ।

एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरिसकेको हेलम्बु गाउँपालिकाको प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौं,’ उनले भने ।,

स्थलगत अनुगमनमा एकल महिला र पुरुषको उस्तै अवस्था देखिएपछि जनप्रतिनिधिबीचको छलफलबाट यो निर्णय गरिएको बताए । ‘एकल महिलासँगै पुरुषको अवस्था दुःखलाग्दो देखिएपछि पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौं ।’ उनले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*