जिसस मकवानपुरको शुभकामना आदान-प्रदान कार्यक्रम

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार ०६:४८

असोज १५, हेटौडा – जिल्ला समन्वय समिति मकवानपुरको नेपालीहरुको महान चाड बिजया दशमी, शुभदिपावली तथा छट पर्वको शुभकामना आदान-प्रदान कार्यक्रम मंगलबार गरेको छ । कार्यक्रममा तिन नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

मुख्यमन्त्री पौडेलले शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नु हुदै, ‘आउँदै गरेको बिजया दशमी, शुभ-दिपावली तथा छठ पर्वको अवसरमा सबै नेपालीमा शुख शान्ति र समृद्धिको कामना गर्नुभएको छ । चाडपर्वहरु हर्सोल्लास र सभ्य तरिकाले मनाउन आग्रह गर्नुभयो ।

त्यस्तै, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पनि दशै, तिहार लगायत चाड पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना आदान-प्रदान कार्यक्रममा अर्थ समितिका सभापति तथा सांसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान, जुनेली श्रेष्ठ, हेटौंडा उपमहनगरपालिकाको मेयर हरिबहादुर महत, जिल्लाको विभिन्न राजनीतिक दलका नेताहरु, गाउँपालिकाका अध्यक्षहरु, नागरिक समाज, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*