नेपाल टेलिकमले ल्यायो, दशैँमा अफरै अफर

तामसालिङ खबर
१३ आश्विन २०७६, सोमबार ०८:३१

असोज १३, हेटौडा – नेपाल टेलिकमले नेपालीहरुको चाड दशैँकाे उपलक्ष्यमा कम्पनीका सेवाहरुमा छुट अफर उपलब्ध गराएको छ । कम्पनीका अनुसार फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरु छन् । यीमध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना देखि नै लागू भएका छन् ।

फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । टेलिकमले अर्को सूचना जारी नगरेसम्म यो अफर रहिरहनेछ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधि सहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ ।

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । त्यस्तै पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइएको छ ।

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ । प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् ।

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ । मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।

रिचार्जमा बोनस:
जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस पनि पाइनेछ । विजयादशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस (MPoS) बाट रिचार्ज गर्दा बोनस पाइनेछ ।

याे योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । तर ५०, १०० र २०० रुपैयाँकाे को बोनस ३ दिनभित्र र ५०० र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । त्यसैगरी एमपोसबाट १० देखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा माथिकाे रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*