‘चट्ट बोलम देउरालीमा’ भन्दै राजेश हमाल र करिश्मा मानन्धर एकसाथ पर्दामा (भिडियो )

तामसालिङ खबर
१३ आश्विन २०७६, सोमबार ०८:२५

असोज १३, हेटौडा – एक जमानाका चर्चित फिल्मी जोडी महानायक राजेश हमाल र सदाबहार नायिका करिश्मा मानन्धर लामो समयपछि एउटै पर्दामा देखिएको छ । गायिका मेलिना राई र भिम चापागाईंको स्वरमा रहेको ‘चट्ट बोलम देउरालीमा’ बोलको गीत उनीहरुले संगै अभिनय गरेका छन् ।

गीतकार दीपक शर्माको शब्द संगीतमा बनेको म्युजिक भिडियोमा महानायक हमाल र करिश्मा मानन्धर प्रेमिल संसारमा रमाइ रहेको देख्न सकिन्छ ।

समाचार तयार पार्दा सम्म रिलिज भएको २४ नबित्दै ४ लाख २९ हजार २ सय बाइस पटक हेरिएको छ । भिडियोले २ हजार ४ सय पैतालिस कमेन्ट, बत्तीस हजार लाइक पाएको छ ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको निकैनै रमाइलो भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने अच्युत घिमिरेको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*