प्रदेश लोकसेवा आयोग गठन गर्ने निर्णय
भदौ ५, हेटौंडा – तिन नम्बर प्रदेशको राजधानी हेटौडामा बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न वनेको बिधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।
प्रदेश सभाबाट बिधेयक पास भएपछी लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्ने बाटो खुल्ने छ । यसैगरी बैठकले प्रदेश एकिकृत अनुदान व्यावस्थापन कार्यबिधि २०७६ को मस्यौदा स्वीकृतिगर्ने निर्णय गरेको छ ।