चलचित्र ‘म्हार्मेन’ को ‘मी चिम-चिम’ गीत रिलिज (भिडियो)

हेटौडा – तामाङ भाषाको चलचित्र ‘म्हार्मेन’ को पहिलो गीत रिलिज गरिएको छ । चलचित्रको ‘मी चिम-चिम’ बोलको गीत मंगलबार औपचारिक कार्यक्रम गरी रिलिज गरिएको हो । यसै चलचित्र मार्फत आठ बर्षपछि नायिका रन्जिता ब्लोन कमब्याक भएकी छिन । गीतलाई युट्युबमा सार्वजनिक भएको अहिले सम्म १८ हजार ७ सय भन्दा बढी पटक हेरिएको छ । गीतलाई डम्फु मिडियाको आफिसियल युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ । गीतमा चलचित्रका नायक अमिर दोङ, नायिका रञ्जीता ब्लोन र सुस्मा मोक्तानको ससक्त अभिनय रहेको छ । चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित...