‘छ माया छपक्कै’को बुकिङ खुल्ला

असोज २३, हेटौडा – यही असोज २४ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ आजबाट बुकिङ खुल्ला गरिएको छ । बर्षकै बहुप्रतिक्षित चलचित्र “छ माया छपक्कै” ले सोचेजस्तो व्यापार गर्नेमा निर्माण टिम ढुक्क भएको देखिन्छ । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतको मुख्य अभिनय रहेको छ । उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । हरि हुमागाइँको छायांंकन,...