नेपाली चलचित्र ‘नीरफुल’ को ट्रेलर रिलिज

फाल्गुन २२, काठमाण्डौ – आउदो चैत्र ७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘नीरफुल’ को ट्रेलर सार्वजानिक भएको छ । बि.स. २०७२ मा गएको बिनाशकारी भुकम्प र जनमानसमा परेको असर साथै भोगाइलाई समाबेश गरेको उक्त चलचित्रको ट्रेलरमा पिडा र मन रुवाउने कथा देख्न सकिन्छ । रंग पत्रकार फूलमान बलको डेब्यू निर्देशनमा तयार भएको सिनेमाले धादिङ जिल्लाको हिमाली भेगमा अवस्थित रुबी भ्यालीका एक गरिब परिवारको कथालाई चित्रण गरेको छ । चलचित्रमा दयाहाङ राइ, शान्ति वाइवा, जिग्मे छ्योकी घिसिङले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रको पटकथाकार समेत रहेका...