प्रदेश १ को प्रदेशसभा सदस्यलाई फेसबुक र ट्विटर चलाउन तालिम

कार्तिक २४, विराटनगर – प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यलाई फेसबुक र ट्विटर चलाउन तालिम दिन थालेको छ । १८ जना प्रदेशसभा सदस्यलाई संसद् सहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबारबाट दुई दिने तालिम सुरु गरेको हो । तालिममा संचारको प्रयोग र संचारसँग जोडिएको सामाजिक संजाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगताबारे सिकाइएको छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले तालिमको उदघाटन गर्दै संचार र सामाजिक संजाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारी पूर्वक गर्नुपर्ने समय आएकाले यो तालिम प्रभावकारी हुने बताए । सामाजिक संजालमा गरिने लाइक, कम्मेन्ट...