समन्वयकारी भुमिका भए नतिजा राम्रो आउछ – अध्यक्ष कालाखेती

साउन, हेटौडा (मनहरी) – सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थिहरुको उत्कृष्ट नतिजाका लागि निजि विद्यालयले पनि समन्वयकारी भुमिका हुनु पर्ने मनहरी गाँउपालिकाका अध्यक्ष रन्जन कालाखेतीले बताएका छन । मनहरी गाउँपालिका वडा नम्बर ८ मा रहेको युनाईटेड इङ्गलिस बोर्डिङ स्कुलले बुधबार आयोजना गरिएको स्नेह मिलान कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले सो कुरा बताएका हुन । तुलनात्क रुपमा सामुदायिक बिद्यालयको भन्दा निजि क्षेत्रबाट सञ्चालित बिद्यालको नजिता राम्रो आउने भएकाले निजि तथा सामुदायिक बिद्यालयले एकअर्काको शैक्षणिक बिधिहरु साटासाट गरि बिद्यार्थीहरु माझ सिकाई क्रियाकलापमा प्रयोग गरे शैक्षिक गुणस्तरमा बृद्धि हुने बताए । संस्थागत र सामुदायिक बिद्यालयको...