ई सेवाको ७ घण्टे अफर

माघ, काठमाण्डौ – इ सेवाले आफ्नो १४ औं वर्ष पूरा भएको अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । इ–सेवाले मंगलबार एक कार्यक्रम गरी उक्त जानकारी गराएको हो । अफर ७ घण्टा सम्मको हुनेछ । ७ घण्टामा ७ वटा फरक-फरक अफर हुने इ-सेवाले जनाएको छ । उक्त अफर बिहान ९ बजेबाट ४ बजेसम्म चल्नेछ । पहिलो अफर : इ-सेवाको अफरमा ९ बजेदेखि १० बजेसम्म अकाउण्ट लिंकको अफर रहेको छ । उक्त अफरमा पहिलो चोटी इसेवाको अकाउण्ट लिंक गर्नेलाई १४० रुपैयाँ जित्न सक्नेछन् । यो अफर सबै ग्राहकलाई उपलब्ध हुने छ...