प्रविधि पत्रकार मञ्चको अध्यक्षमा उमेश पौडेल चयन

भदौं, काठमाडौं – प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले उमेश पाैडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति पाएकाे छ। शुक्रबार सम्पन्न भएको १०औं वार्षिक साधारणसभाबाट पौडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएकाे हाे। मञ्‍चको उपाध्यक्षमा पूर्णभक्त दुवाल, सचिवमा उन्नत सापकोटा, कोषाध्यक्षमा अनिल न्‍यौपाने र सह-सचिवमा रक्षा रेग्मी सर्व सम्मत भए । त्यस्तै कार्यसमिति सदस्यमा अभिषेक गुप्ता, कमल केसी, गणेश सुवेदी, प्रकाश चन्द्र जोशी, सजना बराल र हिक्मत आचार्य चयन भएका छन् ।