काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिन बन्द

हेटौंडा । काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ । शुक्रबार, शनिबार र आइतबार सडक बन्द रहनेछ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सडक मर्मत गर्नुपर्ने भएकोले तीन दिन बन्द रहने बताएको हो । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको प्रहरीको भनाइ छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा ह्युम पाइप राख्ने काम भइरहेको कारण आवागमन रोकिएको हो । सडकखण्ड आजबाट तीन दिनसम्म बन्द हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचनामा दिएका छन । सवारी साधन वैकल्पिक सडकको रुपमा हेटौंडा-पालुङ-काठमाडौँ...