नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ आज हुदै

कार्तिक १९, काठमाडौं – नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । संघीय कानुन वमोजिम प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार,...