राहत नपाए फोकल अधिकारीलाई फोन गर्नुहोस् (फोन नम्बर सहित)

बैशाख ९, काठमान्डौ – सरकारले राहत पाउन नसकेका विपन्न नागरिकबारे सूचना लिन सातै प्रदेशमा फोकल अधिकारी तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना जारी गर्दै सबै प्रदेशमा फोकल अधिकारी तोकिएको जानकारी दिएको हो । फेकल अधिकारीका रूपमा उपसचिवहरू क्रमशस् प्रदेश–१ मा प्रह्लाद कार्की, प्रदेश– २ मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुसाल, प्रदेश– ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले तथा सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल तोकिएका छन् ।न लकडाउनको अवधिमा नागरिकले राहत प्राप्त गर्न नसकेको भए स्थानीय तहहरूसँग समन्वय र...