चौरजहारी घटना – ३४ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता
जेठ ३२, रुकुम पश्चिम – चौरजहारी नगरपालिकाको सोती गाउँमा छ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपित ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जेठ १० गते भएको उक्त घटनाका आरोपितविरुद्ध आइतबार जिल्ला अदालत रुकुम पश्चिममा अभियोग दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत अभियोग दर्ता गराएको हो । अदालतका श्रेस्तेदार कृतबहादुर बोहराका अनुसार उक्त घटनामा ३४ जनाबिरुद्ध विभिन्न चारवटा कसुरहरु दर्ता भएका छन । ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभाव कसुरमा अभियोग दर्ता गरिएको छ भने...