आज २५६३ औ बुद्ध जयन्ती, विश्वभर बिबिध कार्यक्रम गरि मनाइदै
काठमाडौं – शान्तिको अग्रदुत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ती आज बिबिध कार्यक्रम गरी विश्वभर मनाइँदै छ । नेपालको लुम्बिनीमा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । गौतम बुद्धको जन्म , बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध । महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार शृजना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई...