मोतिपुर झडपमा मृत्यु हुनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने
असोज, बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा आइतबार भएको झडपमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख किरिया खर्च दिने भएको छ । सोमबार बिहान प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद् लगायतको बैठकले सो निर्णय गरेको हो । प्रदेश सरकारले मृतकका परिवारलाई जनही १–१ लाख दिने निर्णय गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए । आइतबार औधागिक ग्राम कब्जा गर्न खोज्ने सुकुम्बासीले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि हिंसा भड्किएको थियो । त्यसक्रममा प्रहरीको गोली लागेर...